+977-21-526721
info@naribikashsangh.org
Published Date : 2019-09-14
notice image

विराटनगर - १९ स्थित खापटोलको ऋषिदेव वस्तीमा निर्माण भएको शौचालय समुदायलाई हस्तान्तरण गरिएसँगै त्यहाँका बासिन्दा सरसफाइमा निकै सचेत बनेका छन । महानगरपालिका क्षेत्रभित्र रहेर पनि खापटोल निकै पिछडिएको अवस्थामा छ । रोजीरोटीका लागि स्थानीयले जनमजदुरी गर्छन । तर, केही समययाता एक्सन एड र नारी विकास संघको पहलमा त्यहाँ शौचालय निर्माण भएपछि सरसफाईमा स्थानीय सचेत बनेका हुन । २०७४ जेष्ठ २२ गते सोमबार खापटोलमा अठारौं राष्ट्रिय सरसफाई सप्ताह अन्तर्गत चेतनामुलक रयाली निकालिएको छ । सरसफाईसँग सम्बन्धित विषयमा जनचेतनामुलक प्लेकार्ड बोकेर स्थानीयले गाउँ परिक्रमा गरेका थिए । त्यसअघि भएको कार्यक्रममा महानगरपालिका बिराटनगर वार्ड न. १९ का वडासचिव चन्द्रप्रसाद कट्टेल र महानगरको वातावरण महाशाखाकी अधिकृत अनिता कोइरालाले खापटोलमा सरसफाइका क्षेत्रमा सुधारका संकेत देखिनु सकारात्मक भएको बताउनु भयो । स्थानीय उमेश सरदार र भिखन सरदारले पिछडिएको ऋषिदेव समुदाय सरसफाइमा सचेत बनेको चर्चा गर्नुभयो । एमालेका नेता श्याम घिमिरे र सार्वजनिक माविका शिक्षक बालकृष्ण घिमिरेले व्यक्तिगत र गाउँकै सरसफाईमा सकारात्मक सहयोग भएको भन्दै आफ्ना भनाइ राख्नु भयो । नारी विकास संघकी कार्यक्रम संयोजक सरिता अधिकारीले खापटोलमा सुरु गरिएको कार्यक्रमको सकारात्मक प्रभाव परेको बताउनु भयो । नारी विकास संघकी अध्यक्ष सीता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थानियलाई टूथपेस्ट, ब्रस र साबुन पनि वितरण गरिएको थियो ।

Upcoming Events

  • 31 MARCH 2023

    General Assembly

    Location: NBS Central office Meeting Hall